सक्रिय संक्रमितको संख्या फेरी ५ हजार माथि, ३२६ जना नयाँ संक्रमित थपिए

४ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०० जनाको पीसीआर परीक्षणमा २९१ जना र २ हजार ७९८ एन्टिजेन परीक्षणमा ३५ जना गरी कुल ३२६ जनामा भाइरसको संक्रमण देखिएको हो । 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । यो संगै मुलुकभर ११ हजार ५९८ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ । यसैगरी, आइतबार २५५ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार ६७४  जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया