सोमबार पनि शेयर बजारमा रौनकता कायम, नेप्सेमा दोहोरो अंकको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको दोश्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा रौनकता कायमै छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको छ । नेप्से १.२४ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७८ रूपैयाँ ५८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशोधन बाहेक बाँकी १२ वटा उपसमूहको शेयर बढेको छ ।

सोमबार पनि हिमालयन डिष्टिलरीको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ४४ लाख ७० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर एक सय ७७ रूपैयाँ १० पैसा पुगेको छ । 

यस दिन रूरू जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले घटेर ९ सय ४ रूपैयाँमा झरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया