काठमाडौं - सरकारले सवारी चालक लाइसेन्स वितरण गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव इ। रविन्द्रनाथ श्रेष्ठले सरकारले अब छिट्टै ट्रायल पास गरेकै दिन सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
सचिव श्रेष्ठले सरकारले सवारी चालक अनुमति पत्र वितरण सम्बन्धी काम छरितो र तीव्र पारिने जानकारी गराएका छन् । संसदीय समितिमा सचिव श्रेष्ठले ट्रायल दिएकै लाइसेन्स दिने भन्ने जानकारी दिएपनि तत्कालै भने यस्तो सुविधा पाउने छैनन् ।
प्रतिक्रिया