काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडको ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी रिजर्भ सहित कोर क्यापिटल ३३ अर्ब ७५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
स्थापनाको १५ वर्षमा बैंकले उक्त सफलता हासिल गरेको हो । यस अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ७४ अर्ब रुपैयाँ र लगानीमा रहेको कर्जा रकम २ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ ।
विसं २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको ग्लोबल बैंकले हालसम्म १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन मार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल भएको छ ।
ग्लोबल आईएमई बैंकमा हालसम्म कमर्स एण्ड ट्रष्ट वाणिज्य बैंक र १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय भएका हुन् । बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत २७ लाख ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा ३ हजार २०० भन्दा बढी कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया