रु.१२ सय नतिर्दा नेप्सेको डोमेन बन्द,लगानीकर्तालाई चाहेको डाटा हेर्न सास्ति

४ बर्ष अगाडि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले प्रयोग गर्दै आएको नेपालस्टक डटकम नामक साईटको डोमेन १० डलर समयमा भुक्तानी गर्दा बन्द भएको छ । डोमेन बन्द हुँदा नेप्सेको साईट पार्किङमा पुगेको छ ।

नेप्सेको आधिकारिक वेभसाईटको डोमेनका लागि रकम भुक्तानी गर्ने समय हिजोसम्म मात्रै बाँकी थियो । सन् २०२२, जनवरी २ तारिखसम्म रहेको नेपाल स्टक एक्सचेन्जको वेभसाईटको डोमन आजबाट पार्किङमा गएको छ । वेभसाईटको डोमेन नेम (नाम) समयभित्र नविकरण नगरेमा पार्किङमा पुग्दछ । अब त्यहाँ ३५ दिनसम्म पनि नविकरण नभएमा ब्रोकरको हातमा पुग्नेछ ।

पुष १८ गतेदेखि देखिएको समस्या आजसम्म पनि कायमै देखिएको छ । नेप्सेको नयाँ भर्जनको वेबसाइटमा पनि उस्तै समस्या देखिएको छ । वेबसाइट चलेपनि आवश्यक फिचरहरु उपलब्ध नहुने जस्ता समस्याहरु देखिएका छन् ।

जम्मा १० डलर अर्थात एक हजार दुई सय रुपैयाँ तिर्न नसकेर नेप्सेको डोमेन बन्द भई साईट नै नखुलेको विषयमा नेप्सेले गम्भिर लापरवाही गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित बनेका छन् । नेप्सेको वेबसाइटमा देखिएको समस्याको बारेमा लगानीकर्ताहरुले सामाजिक संजालहरुमा आक्रोश पोखिरहेका छन् ।

साताको पहिलो दिन नै नेप्से ६० अंकले बढ्दा लगानीकर्ताहरुले आफुले चाहेको डेटा तथा सूचनाहरु हेर्न र खोल्न नपाउँदा आक्रोशित बन्न पुगेका हुन् । सोमबार पनि नेप्सेको वेबसाइटमा उक्त समस्या कायमै देखिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया