काठमाडौं - गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले बीसौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने छ ।
उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०।५२ प्रतिशत लाभांश पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि पुष २२ गते एकदिन बुकक्लोजको मिति तोकेको छ । जसअनुसार पुष २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया