काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मधयेको ३ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित बिक्रीमा ल्याएको उक्त शेयरमा कुनै पनि आवेदन नपरेको खण्डमा कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरेको हो ।
कम्पनीले उक्त शेयरको न्यूतम मूल्य ६०५ रुपैयाँ तोकेको छ । जसअनुसार इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गुर्नपर्नेछ । उक्त शेयरमा आजदेखि पुष २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया