काठमाडौं - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले धेरै बैंक तथा वित्तीय संस्थाको उपस्थिती रहेको स्थानको शाखा बन्द गर्न पाउनु पर्ने व्यवस्था गर्न आग्रह गरेको छ । संघले गरेको उक अध्ययन अनुसार व्यवसायको आकार अनुसार बैंक वित्तीय संस्थाको उपस्थिती हुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाएको हो ।
हालको व्यवस्था अनुसार शाखा वा कुनै किसिमको कार्यालय बन्द गर्न, स्थानान्तरण गर्न, गाभ्न तथा ठेगाना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । तर, सोही वडामा स्थानान्तरण गरिने भए, उक्त कार्य गरी ७ दिनभित्र केन्द्रीय बैंकमा जानकारी दिए हुन्छ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको शाखा पनि प्रचलित कानुन तथा आफ्नो आर्थिक प्रशासन विनियमावलीको अधीनमा रही शाखा खरिद बिक्री गर्नसक्ने व्यबस्था भएको छ ।
तर, मर्जर वा प्राप्तिका कारण बन्द गरेका शाखाका संरचना पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बै।कलाइ जानकारी दिएन गर्ने गरेका छन् । तर, सञ्चालनमा रहेका तर सोही स्थानमा धेरै बैंक तथा वित्तीय संस्था भएका कारण बन्द गर्नुपर्ने सम्बन्धमा प्रष्ट व्यवस्था नभएकाले यसमा केन्द्रीय बैंक आवश्यक व्यवस्था गर्नु पर्ने संघको अध्ययनले औल्याएको छ ।
प्रतिक्रिया