काठमाडौं - साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।
कम्पनीको कार्तिक १६ गते मंगलबार सम्पन्न भएको ५४औँ वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर कार्तिक १ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ ।
कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया