काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न २ बाणिज्य बैंक र २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । हिमालयन बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको २१.३८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९८ रूपैयाँ ७५ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । बैंकको उनन्तीसौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँबाट भिडियो कन्फ्रेन्सिङको माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक एक आपसमा मर्जर गर्ने कार्यको सम्पूर्ण प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ५.७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय २६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
बैंकको ११औं वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय ९५ रूपैयाँ ८३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
संस्थाको एघारौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
मिथिला लघुवित्त
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ६७ रूपैयाँ २ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । संस्थाको एघारौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया