आज सम्म कायम शेयरधनीले मात्र सिभिल बैंकको ५.२६ र रिलायन्स फाइनान्सको १५.७९ प्रतिशत लाभांश पाउने

४ बर्ष अगाडि

काठमाडौं - दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिभिल बैंक
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

रिलायन्स फाइनान्स
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया