आज तीन कम्पनीले लाभांश पारित गर्दै, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - तीन कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङको वार्षिक साधारण सभा आज बोलाएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बिहान ११ बजे होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग विराटनगरमा बस्ने गरी बोलाएको छ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

मनकामना स्मार्ट लघुवित्त 
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज दिउँसो २ बजे होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ४ गतेदेखि पुस १९ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस १ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।

सिडिएस एण्ड क्लियरिङ 
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ११ वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे पुतलीसडक स्थित शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तलामा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण कार्य सूचि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया