२०२२ मा लन्च हुदैँ रोयल इन्फिल्डका साथै जावा र येज्दी बाइकहरू,यस्ता छन् विशेषता

३ बर्ष अगाडि

काठमाडौं-रोयल इन्फिल्डको हन्टरका साथै जावा र येज्दी ब्रान्डका केही नयाँ क्रुजर बाइकहरू २०२२ मा लन्च हुने भएका छन् । 

रोयल इन्फिल्ड हन्टर ३५० कम्पनीको नयाँ मोडल बन्ने भएको छ । सो बाइक यो वर्षको मध्यमा लन्च गर्नेछ । कम्पनीले सार्वजनिक गरेको भिडियोमा यो बाइकको झलक देख्न सकिन्छ । रोयल इन्फिल्डले यो वर्ष धेरै नयाँ मोडल ल्याउने भएको छ । यो बाइक मेटियोर ३५० मा आधारित हुनेछ ।

रोयल इन्फिल्डले लन्च गर्न लागेको पहिलो बाइक स्क्राम ४११ हुनेछ । सो बाइक वर्षको सुरुमा लन्च हुनेछ । यसपछि कम्पनीले हन्टर ३५० लन्च गर्नेछ । परीक्षणको समयमा सो बाइकको सिंगल सिट देख्न सकिन्छ । भिडियोमा मेटियोरबाट प्रेरित सबफ्रेम पनि देख्न सकिन्छ । 

जावाको नयाँ जावा क्रुजर बाइक होन्डा सीबी३५० आरएस र रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ । यो बाइकको इन्जिन येज्दी रोड किङ जस्तो रहेको बताइएको छ ।

यस बाइकमा डुअल साइलेन्सर दिइएको छ भने बाइकको इन्जिनको अगाडि राखिएको आयल कुलिङ सिस्टम पनि देखिएको छ । बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक जडान गरिएको छ । कम्पनीले यस बाइकमा डुअल च्यानल एबीएस समावेश गर्ने अनुमान गरिएको छ । यस बाइकमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प र एलईडी टर्न इन्डिकेटरहरू पनि समावेश गर्ने सम्भावना रहेको छ ।

वर्षको सुरुमा येज्दी ब्रान्ड अन्तर्गत रोडकिङ स्क्राम्बलर लन्च हुने सम्भावना छ । येज्दी रोडकिङले नयाँ रोयल इन्फिल्ड हन्टरसँग प्रतिस्पर्धा गर्नेछ, जबकि येज्दी एड्भेन्चरले हिमालयनसँग प्रतिस्पर्धा गर्नेछ । दुवै बाइकमा राउण्ड हेडल्याम्प, फोर्क गेटर र टियरड्रप शेपको फ्युल ट्यांक जस्ता फिचरसहित नियो–रेट्रो स्टाइलिङमा उपलब्ध हुनेछ । बाइकमा स्पोक ह्वीलको प्रयोग गरिएको छ ।

येज्दी स्क्राम्बलरमा गोलाकार रियर–भ्यू मिरर, चौडा ह्यान्डलबार, कम्प्याक्ट प्याटर्न सिट र माथि उठाइएको साइलेन्सर हुनेछ । बाइकमा रियर टायर हगर हो जसले नम्बर प्लेट दर्ताको लागि माउन्टको रूपमा काम गर्छ । बाइकलाई हल्का देखि मध्यम अफरोडिङ ह्यान्डल गर्न सक्षम बनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया