साना किसान विकास लघुवित्तको २६.३१५ लाभांश पारित, कुल सम्पत्ति २६ अर्ब बढी

४ बर्ष अगाडि

काठमाडौं, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभाले २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न भएको उक्त सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट २५ प्रतिशत बोनस शेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३१५ प्रतिशत प्रस्ताव स्वीकृति प्रदान गरेको छ । 

वित्तीय संस्थाको जारी र चुक्तापुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रूपैयाँ पुर्याउन २० औं साधारण सभा समक्ष प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार आ.व. २०७६/७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति  २४ अर्ब ३८ करोड १० लाख रूपैयाँ रहेकोमा २०७७/७८ अन्त्यमा ७.१३ प्रतिशतले बृद्धि भई २६ अर्ब १२ करोड रूपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०७७/७८ मा प्रति शेयर आम्दानी ४८.९४ रूपैयाँ, प्रति शेयर बुक नेटवर्थ २२५.२४ रूपैयाँ, निष्कृय कर्जा ०.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३.५१, र कुल पुँजी कोष १२.५८ प्रतिशत रहेको प्रतिवेदन सभामा प्रस्तुत भएको छ । २०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण २४ अर्ब ५३ करोड रूपैयाँ पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया