बहुप्रतिक्षित फिल्म 'आरआरआर'को रिलिज रोक्यिो, नेपाली निर्मातालाई राहत

३ बर्ष अगाडि

 काठमाडौं, निर्देशक राजामौलीले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढिरहेको कारण सिनेमा हलहरु बन्द हुने अवस्था आएकोले फिल्मको रिलिज सरेको जानकारी दिएका छन् ।
 ट्रे़ड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत 'आरआरआर'को रिलिज मिति सरेको जनाएका छन् । अब कुनै उपयुक्त मितिमा फिल्म रिलिज गरिने बताईएको छ ।

यो फिल्मको रिलिज रोकिँदा नेपाली निर्माताले भने राहतको सास फेरेका छन् । यही शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘कठपतुली’ अर्को हप्ता ‘आरआरआर’ का कारण मल्टीप्लेक्समा कम शोमा खुम्चिने ‘स्योर सट’ थियो । किनकि, यो फिल्मको प्रतिक्षा दर्शकसँगै हल व्यवसायीहरुले पनि गरेका थिए । जसले गर्दा मल्टीप्लेक्समा यसले उच्च शो पाउने निश्चित थियो । 
 
पुष ३० मा रिलिज हुन लागेको फिल्म ‘चपली हाइट ३’ लाई पनि ‘आरआरआर’ को ठूलो डर थियो । यो फिल्मका कारण ‘चपली हाइट ३’ ले मल्टीप्लेक्समा कम शो पाउनेमा दुई मत थिएन ।

उता, ‘आरआरआर’ को रिलिज पोस्टपोन्ड हुँदा नेपालका वितरक र हल व्यवसायीहरु भने रुनु न हाँस्नु भएका छन् । यो फिल्मलाई वितरक मनोज राठीको समुहले महंगो रकम तिरेर नेपाल ल्याउँदै थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया