काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको पीसीआर परीक्षणमा २१३ जना र १ हजार ६६९ एन्टिजेन परीक्षणमा ३ जना गरी कुल २१६ जनामा भाइरसको संक्रमण देखिएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । यो संगै मुलुकभर ११ हजार ५९६ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ । यसैगरी, आइतबार २०९ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रतिक्रिया