दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा माई हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै कालिका लघुवित्त वित्तीय संस्था ९प्ःऋम्द्य० को पनि २ लाख ४५ हजार ५०८.९५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीृकत दुबै कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया