सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा अब नवलपरासीको भटौलियामा

४ बर्ष अगाडि

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। 

यसै क्रममा बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा यही पुस १६ गतेबाट ९० औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी  नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। 

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट करिव १२  लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया