शेयर बजारमा ६०.४१ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार सकरात्मक देखिएको छ । आज शेयर बजार सुरुवाति देखि नै उकालो लागेको हो । 

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको छ । नेप्से २.३९ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर ५३ हजार १२२ पटकको खरिदबिक्री हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहको शेयर बढेको छ ।

आइतबार हिमालयन डिष्टिलरीको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ९४ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज हिमालयन डिष्टिलरीका लगानीकर्ताले नै सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ हजार ३ सय १८ रूपैयाँ पुगेको छ । 

यस दिन गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७ सय ७९ रूपैयाँ ९० पैसामा झरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया