आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ ।

आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ताको रु.३२९.२९ ले बढेर ४ हजार ३१८ पुगेको छ ।

यस्तै,मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.२९ प्रतिशतले बढेर रु.७४१ को पुगेको छ ।

यसैगरी,कर्पोरेट डेभलपमेन्ट बैंकको ७.७० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१७,किसान लघुवित्तको ७.३८ प्रतिशतले बढेर रु.१ हजार ३१०,मिथिला लघुवित्तको ७.३४ प्रतिशतले बढेर १ हजार ९५९ र श्री इन्भेष्टमेन्टको ७.१४ प्रतिशतले बढेर रु.४२० पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया