काठमाडौं, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सन् २०२१ मा तलब, भत्ता र अन्य सुविधा बापत २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ प्राप्त गरेका छन् ।
शाहको गत वर्षको तुलनामा तलब, भत्ता तथा अन्य सुविधा ५० प्रतिशतले बढेको हो ।
बैंकर शाहले २०२० मा १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ मात्र प्राप्त गरेका थिए ।
शाह मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए ।
प्रतिक्रिया