गणपति लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव पारित

४ बर्ष अगाडि

काठमाडौं, गणपति लघुवित्त वित्तीय संस्थाको ५औँ वार्षिक साधारण सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी दुवेगौडा तनहुँमा शनिबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ७ गतेदेखी पुस १६ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया