साउदीमा वैदेशिक रोजगारीको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साउदीले नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि २८ जना पुरुष कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ३१ हजार माथिदेखि ४७ हजार बढि पाउनेछ । इच्छुक न्यू सृष्टि ओभरसिज प्रालिको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा पुष २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया