काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा हरियाली छाएको छ ।
आज कारोबारको सुरुवात देखि नै उकालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ सम्म ५०.२४ अंकले बढेर २५७४.७४ को बिन्दुमा पुगेको छ ।
यस्तै, सोही अवधीसम्ममा कारोबारमा आएका २३६ कम्पनीको ३० लाख ९४ हजार ३४६ कित्ता शेयर २५ हजार १४१ पटक खरिदबिक्री हुदाँ १ अर्ब ९८ करोड ३६ हजार बढीको शेयर कारोबार भएको हो ।
यस्तै, कारोबारमा आएका कम्पनीमध्ये १६० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ र २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया