विश्वका सुरक्षित ८ कारमध्ये ६ वटा कार टाटा कम्पनीका

३ बर्ष अगाडि

विश्वका सबैभन्दा सुरक्षित ८ मध्ये ६ वटा कार टाटा मोटर्सले उत्पादन गरेका कार परेका छन् । 

अटोमोवाइल सुरक्षा मूल्यांकन गर्ने ग्लोबल एनक्यापले गरेको मूल्यांकनमा टाटाका छ प्रकारका कारहरुले ५ स्टार प्राप्त गरेका हुन् । 

ग्लोबल एनक्यापका अनुसार अल्ट्रोज, नेक्सन र पञ्चले वयस्क सुरक्षामा ५ स्टार र टियागो, टिगोर, टिगोर इभीले ४ स्टार प्राप्त गरेका छन् ।

टाटा मोटर्सले यसबाहेक एनआरजी, नेक्सन इभी, ह्यारिस र सफारी रपनि उत्पादन गर्दछ ।

ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । जसमा अटोबजारमा लोकप्रिय रहेका मारुती स्वीफ्ट, हुन्डाई ग्राण्ड आई १० निओस र मारुती वागन–आर लगायतले भने खासै राम्रो र्याङकिङ प्राप्त गर्न सकेका छैनन् । 

यस नतिजालाई हेर्दा टाटा मोटर्स उपलब्ध मध्ये सबैभन्दा सुरक्षित सवारीहरू रहेको मुल्यांकन गर्न सकिने जानकारहरुले बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया