काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको अवितरित भई लिलामी खुला गरिएको सर्वसाधारण समूहतर्फको हकप्रद शेयर बाँडफाँड भएको छ । शेयर पुस १५ गते बिहीबार बाँडफाँड गरिएको हो ।
बैंकले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सर्वसाधारण समूहतर्फ २७ हजार २३७ दशमलव २००४ कित्ता अवितरित हकप्रद सेयरहरु शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आह्वान गरी लिलामी बढाबढमा बिक्री खुला गरेको थियो ।
पुस १३ गते निष्काशन कम्पनी तथा बिक्री प्रबन्धकका प्रतिनिधहरुको रोहवरमा शिलबन्दी बोलपत्र खुला गरिएकोमा १५ गतेका दिन प्रचलित कानून बमोजिम बाँडफाँड गरिएको सूचना प्रकाशित गरी जानकारी दिइएको छ ।
लिलामी सेयरको सर्वसाधारण समूहतर्फको बाँडफाँडको अन्तिम मूल्य ४५६।७८ रुपैयाँ निर्धारण भएको छ । बाँडफाँडको विवरण बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाइटबाट हेर्न सकिने बैंकले जनाएको छ ।
प्रतिक्रिया