बुटवलबाट रिडि जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

४ बर्ष अगाडि

बुटवलबाट गुल्मीको रिडितर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट–२ लगुवामा दुर्घटनामा ८ जना घाइते भएका छन् ।

शव बोकेर जाँदै गरेको सो बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको खांणले बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया