काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा बीमा क्षेत्रबाट पाँच जनाले आवेदन दिएका छन् ।
वर्तमान सञ्चालक तथा शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीप प्रकाश पाण्डे, एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त, सिद्धार्थ इन्स्योरेन्स कम्पनीबाट बीरेन्द्र वैदवार क्षेत्री, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक हेमन्त नाहाटा र युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलले उम्मदवारी दिएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीका अनुसार पाँच जना मध्ये दुई जना सञ्चालक बन्नेछन् ।
प्रतिक्रिया