काठमाडौं-गत साता नेप्से परिसूचक सामान्य अंक बढेको थियो। अघिल्लो साता २५२०.२३ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.२७ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता नेप्से उकलो लागेमा २७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने २३०० विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेको छ। यो एक बुलिश क्रशओभर हो। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो हुँदै गएको संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। त्यसैगरी, साप्ताहिक रुपमा नेप्सले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। जसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।
गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको शेयर खरिदबिक्री भएको छ। सो दिनसम्म नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २३.८७ प्रतिशत बढी हो। नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएका कारण सो वृद्धिलाई बलियो मानिएको छ।
गत साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। अंकका आधारमा गत साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। अघिल्लो साता १३ हजार ३१५।५७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ८९५।३० अंक बढेर १४ हजार २१०.८७ विन्दुमा पुगेको छ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १६ हजार विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १३ हजार विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता यस उपसमूहको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो बन्दै गएको संकेत गर्दछ।
प्रतिक्रिया