एसबीआई बैंकले आज लाभांश पारित गर्ने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारण सभा मंगलबार पुस २० गते बस्ने भएको छ । सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । 
 
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । 
 
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गतेबाट २० गतेसम्म बुक क्लोज गरेको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया