आज सम्म कायम शेयरधनिहरुले मात्र मिथिला लघुवित्त र मिर्मिरे लघुवित्तको लाभांश पाउने, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

आज मिथिला लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्था
मिथिला लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ धनुषामा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल काभ्रेपलाञ्चोक बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया