काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १ बराबर १.५ को अनुपातमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्सें० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया