ब्राउन सुगरसहित ३ पक्राउ, यसरी खुल्यो रहस्य

७ बर्ष अगाडि

काठमाडौं – रुपन्देहीबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवल उपमहानगरपालिका १ ईट्टाभट्टी बस्ने २५ वर्षीय शिव मल्ल र सोही उपमहानगरपालिका १३ सुन्दरनगर बस्ने २७ वर्षीया विनी थापालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

उनीहरु ६ ग्राम २ सय ७० मिलिग्रामअवैध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

त्यस्तै बाँकेको जानकी गाउँपालिका १ बढैयाबाटखजुरा गाउँपालिका ५ बस्ने ३२ वर्षीय लुले खाँलाईअवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी साईगाँउबाट खटिएको प्रहरीले खाँलाई शंका लागेर जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो ।

 

७ बर्ष अगाडि

प्रतिक्रिया