नेप्सेमा आरएमडिसी लघुवित्त र आँधिखोला लघुवित्तको सेयरमूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आ २ वटा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ७२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ९० रूपैयाँ ७६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ४ सय ६५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । यो कम्पनी मर्जर प्रक्रियामा रहेकाले लामो समयदेखि यसको दोस्रो बजार कारोबार रोक्का छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया