समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्धारा बोनस पारित, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार ललितपुरको इमाडोल ब्यांक्वेटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७८र ७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । 

सभामा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष नबिन कुमार न्यौपानेले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए ।

सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया