काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट कसैको मृत्यु भने भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । शुक्रवार भने ४ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार ५ हजार ७ पीसीआर परीक्षणमा ३४२ जना र १५ हजार ९५२ एन्टिजेन परीक्षणमा ४० जना गरी कुल ३८२ जनामा भाइरसको संक्रमण देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ । यसैगरी, शनिवार २५२ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार २१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
प्रतिक्रिया