कतारको एक कम्पनीले माग्यो भारी संख्यामा नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कतारको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको madina group w.l.l. कम्पनीले १०० जना नेपाली पुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ३६ हजार बढि पाउनेछ । इच्छुक कामदारले गल्फ मेनपावर सर्भिस प्रालिको कार्यालय हात्तिगौडा काठमाडौंमा पुष २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया