मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार गए, सबैभन्दा धेरै कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं - मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार गएका छन् । जसमा.म्यानपावर कम्पनीबाट जम्मा १२ मुलुकमा कामदार गएका छन् । त्यसमा सबैभन्दा बढी साउदी अरबमा  १६ हजार  २ सय ३८ जनाको श्रम स्वीकृति भएको  छ । 

साउदी अरब पछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ ।  कतार जान ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । कयुएई जान मंसिरमा ५ हजार  ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा जम्मा एक जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम मंसिरमा पनि देखिएको छ । 

रोमानियाका लागि ३ सय  जनाको श्रम स्वीकृति भएको छ । ओमनका लागि ३ सय ४१ जना, कुवेतमा ६ सय २१ जना, माल्दिप्समा ३ जना जोर्डनमा ४० जना,साईप्रसमा २ सय ९१ जना,बहराइनमा ९ सय २६ जना, बेलायतको लागि ३ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया