मंसिर महिनामा ६९ हजार ४  सय ४३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए

३ बर्ष अगाडि

काठमाडौं - कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक  प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । 

कार्तिक  महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएकोमा मंसिर महिनामा त्यो संख्या बढेर ३१ हजार ३१ पुगेको छ । व्यक्तिगत प्रयासमा नयाँ  २ हजार २३ जनाले वैदेशिक  रोजगारीका लागि श्रम स्वीकृति  लिएका छन् ।

वैधानिक माध्यमबाट १ हजार ४ सय  ४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८ सय ७७ जना गरि समग्रमा मंसिर  महिनामा  ६९ हजार ४  सय ४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार मंसिर महिनामा ६ सय ५४ मध्ये ६ सय १४ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया