गणपति लघुवित्तले आज २० प्रतिशत लाभांश पारित गर्ने

४ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको पाँचौ वार्षिक साधारण सभा आज ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी -४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ७ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया