मंसिर महिनामा सबैभन्दा धेरै विदेश कामदार पठाउने पहिलो स्थानमा अक्सफोर्ड इण्टरनेशनल प्रा.लि., कति पठायो ?

३ बर्ष अगाडि

काठमाडौ - अक्सफोर्ड इण्टरनेशनल प्रा।लि। मंसिर महिनामा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा आएको छ । कम्पनीले मंसिर महिनामा ७ सय ११ कामदारको श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीका लागि कामदार पठाएको छ । 

७ सय ९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रालि दोश्रो स्थानमा छ । कार्तिक महिनामा पनि सूचीको दोश्रो स्थानमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेको थियो । 

६ सय १२ कामदारको श्रम स्वीकृती निकालेको  प्याराडाइज इन्टरनेशनल प्रालि मंसिरमा तेस्रो  स्थानमा रहेको छ । कार्तिक महिनामा उक्त म्यानपावर  ८ सय ४६ पुरूष र ८३ महिला गरि ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियोे  । 

 मंसिरमा चौथो स्थानमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसले ४ सय ५३ जना, पाँचौ स्थानमा रहेको अल जाफर इन्टरनेशनल प्रा.लि.ले ४ सय ३ जना, छैठौं  स्थानमा रहेकोे ग्राण्ड शिखर ओभरसिज प्रालिले ३ सय ७७ जना, सातौ स्थानमा रहेको देवान कन्सल्ट्यान्ट प्रा.लि.ले ३ सय ७६, आठौं स्थानमा रहेको ट्यालेन्ट ओभर्सिस सर्भिसेस प्रालिले ३ सय १२ जना, नवौ स्थानको ब्रिज स्काई इन्टरनेशनल प्रा।लि।ले २ सय ९१, दशौं स्थानमा रहेको लक्की एचआर सोलुसन प्रालिले २ सय ९० जनाको श्रम स्वीकृति निकालेका छन् ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया