यो साता नेप्से परिसूचक सामान्य अंक बढ्यो, दैनिक औषतमा ४ अर्ब ३८ करोड रुपैयाँको करिब ७६ लाख कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - यस साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। गत साता २५२०.२३ विन्दुमा बन्द भएको नेप्से, यस साता ४।२७ अंक बढेर २५२४.५० विन्दुमा बन्द भएको छ ।

यस साता नेप्से बढेपनि सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स घटेको छ । यस साता सेन्सेटिभ इण्डेक्स ६.१२ अंक, फ्लोट इण्डेक्स ०.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ ।

नेप्सेसँगै यस साता औषत कारोबार रकम, औषत शेयर संख्या, औषत कारोबार संख्या बढेको छ । यस साता दैनिक औषतमा ५३ हजार ५८८ पटकको कारोबारमा ४ अर्ब ३८ करोड रुपैयाँको करिब ७६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । साताको दैनिक औषत कारोबार रकम यस साता २६.५९ प्रतिशत बढेको छ भने शेयर संख्या १३.११ प्रतिशत र कारोबार संख्या १४.८८ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ बढेर ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया