साढे १ लाख घुस लिने वडाध्यक्ष सहित ३ जना विरुद्ध आरोप-पत्र दायर

४ बर्ष अगाडि

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इश्वरपुर न।पा। ११ का वडाध्यक्ष सहित तीन जना विरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगले १ लाख ५० हजार रुपैयाँ घुस लिइ भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको इश्वरपुर न।पा। ११ का वडाध्यक्ष राम दुलार ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा अरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत घुस माग गरेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले साह रौनियार र रायलाई एक लाख ५० हजार रुपैयाँ सहित कार्तिक २९ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अन्सन्धानका क्रममा ईश्वरपुर न।पा। वडा नं। ११ मा निर्माण भएको भलुवाई सडक निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीको लागि सिफारिस लिन जाँदा सेवाग्राहीसँग वडाध्यक्ष राम दुलार साहले साढे एक लाख माग गरेका थिए ।

उक्त रकम अध्यक्षको निर्देशनमा उमेश रायले लिएर सानेलाल साह रौनियारलाई राख्न दिएका थिए । रौनीयारका साथबाट उक्त रकम प्रापत भएको आयोगले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया