नेपालमा गएको पाँच महिनामा १९ करोड ६० लाख ४५ हजार किलो मकैको बीउ भित्रिएको छ । आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएको भन्सार विभागले जनाएको छ ।
मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । तर मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात ९हाइब्रिड० मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट ६ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएकाे छ ।
तीमध्ये सबैभन्दा बढी भारतबाट रु ६ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । दाेस्राेमा अर्जेनटिनाबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ ।
तेस्रोमा दक्षिण अफ्रिकाबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ ।
यसैगरी ब्राजिलबाट साे अबधिमा सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।
प्रतिक्रिया