टेस्लाले ४ लाख ७५ हजार भन्दा बढीकार बजारबाट फिर्ता माग्यो

३ बर्ष अगाडि

विश्वकै महंगो कार उत्पादक कम्पनी टेस्लाले आफ्नो मोडल–३ र मोडेल–एस्का विद्युतीय कारहरु फिर्ता मागेको छ।

रियरभ्यू क्यामेरा र दुर्घटनाको जोखिम बढाउने समस्याहरूलाई सम्बोधन गर्नका लागि ४ लाख ७५ हजार भन्दा बढीकारहरु फिर्ता मागेको हो । 

त्यसमध्ये रियरभ्यू क्यामेराको समस्या समाधान गर्न मोडल–३ का ३ लाख ५६ हजार र फ्रन्ट हुडको समस्या समाधान गर्न मोडेल–एसका १ लाख १९ हजार कारहरु फिर्ता मागिएको टेस्लाले जनाएको छ । 

अमेरिकामा मात्रै टेस्लाले अहिले सम्म २ हजार ३०१ वारेन्टी दावी र ६०१ फिल्ड रिपोर्टहरूका मुद्दाहरु पहिचान गरेको छ।

टेस्लाको यस निर्णयले प्रारम्भिक ओपनिङ्गमा ३ प्रतिशतले शेयर घटेको थियो। तर कारोबारको अन्त्य सम्म आइपुग्दा ३ प्रतिशत घाटामा गएको शेयर तुलनात्मक रुपमा बराबरीमा आइसकेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया