एनएमबि बैंकका ग्राहकहरुलाई हिमालय दृश्य होटेलमा १० देखि २० प्रतिशतसम्मको छुट

४ बर्ष अगाडि

काठमाडौं,एनएमबि बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच छुट सम्झौता भएको छ। 

सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीलाई हिमालय दृश्य होटेलले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया