स्ट्यान्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओ (उप– प्रमुख कार्यकारी अधिकृत) मा गोरख राणालाई नियुक्त गरेको छ। बैंकले पहिलो पटक डेपुटी सीईओको पद सिर्जना गरी राणालाई नियुक्त गरेको हो ।
यसअघि राणा प्रमुख कार्यकारीपछिको दोस्रो बरियतामा नै रहेको भएपनि डेपुटी सीईओ भनेर जिम्मेवारी थिएन।
बैंकिङ्ग क्षेत्रमा स्ट्यान्डर्ड चार्टर्डकै उत्पादन रहेका राणासँग २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङ हेर्ने गरी स्ट्यान्डर्ड चार्टर्डमा आबद्ध भएका थिए।
त्यसपछि सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरेका उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादिसम्मका विभिन्न पदमा काम गरेका छन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंकमा अहिले ग्लोबल बैंकिङको प्रमुख रहेका राणा धेरै उद्योग र नियामक फोरमहरूमा चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन् ।
प्रतिक्रिया