स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश पारित, कति पुग्यो चुक्तापुँजी ?

४ बर्ष अगाडि

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विहीवार काठमाडौंमा सम्पन्न कम्पनीको साधारण सभाले शेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरणको प्रस्ताव पारित गरेको हो।

वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा ६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ साथै जारी तथा चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया