माओवादीको सम्पत्ति ६६ करोड ३८ हजार बराबर, आम्दानी ७९ लाख खर्च ७८ लाख

४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको चलअचल सम्पत्तिको ६६ करोड भन्दा धेरै  रहेको सार्वजनिक भएको छ । 

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा शुक्रबार प्रस्तुत भएको लेखा आयोगको प्रतिवेदनमा पार्टीको कुल सम्पत्ति ६६ करोड ३८ हजार २२३ बराबरको रहेको विवरण सार्वजनिक भएको हो । 

त्यस्तै प्रतिवेदनमा गत आर्थिक वर्षमा माओवादी पार्टीले आम्दानी भन्दा खर्च धेरै गरेको पनि देखिएको छ ।  आर्थिक वर्ष २०७७–७८ मा ऋणात्मक हिसाव किताब देखिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । 

गत आर्थिक वर्षमा कूल आम्दानी ७८ लाख २० हजार ५१८ रुपैयाँ रहेकोमा खर्च ७९ लाख १८ हजार रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार आम्दानीतर्फ सदस्यता दस्तुतरबापत ६८ लाख ३२ हजार ८२३ रुपैयाँ संकलन भएको छ भने अन्य आम्दानीबाट ९७ हजार ६८८ गरी जम्मा ७९ लाख २० हजार रुपैयाँ हाराहारीमा आम्दानी भएको छ । 

सो पार्टीले २०७४ फागुन फागुन २४ गतेदेखि २०७८ असार मसान्तसम्मको पार्टीको अन्तिम लेखा परीक्षण सम्पन्न गरेर निर्वाचन आयोगमा पेश गरेको पनि बताएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया