९०८४ जनाको परीक्षणमा २३५ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु र निको हुनेको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं-पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८८५ पीसीआर परीक्षणमा ११९९ एन्टिजेन परीक्षणमा गरी कुल ९०८४ जनाको परीक्षणमा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ११ हजार ९५८ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५९४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया